Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

एनपिएलको कमर्सियल राइट्स ब्राण्ड लजिक प्रालिले किन्यो





काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को स्ट्राटेजिक एण्ड कमर्सियल राइट्सको अधिकार ब्राण्ड डिजिटल लजिक प्रालिले पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बोलकबोल मार्फत ५ करोड ९२ लाख रुपैयाँमा लजिकलाई उक्त अधिकार ब्रिकी गरेको हो ।
अब कम्पनीले खेलको प्रचार प्रसार व्यवस्थापनदेखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ । सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ ।
सम्झौतासँगै ब्रान्ड लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचार प्रसारको जिम्मेवारी लिने लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले बताए ।
एनपीएल आगामी नोभेम्बर–डिसेम्बरमा काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, जनकपुर, विराटनगर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी ८ फ्रेन्चाइज टोली छन् । क्यानले एनपीएलमा खेलाडीहरुको अक्सन दशैंअघि गर्ने तयारी गरेको छ । खेलाडी दर्ता प्रक्रिया खुलाइसकेको छ । खेलाडीको अक्सनमा न्यूनतम मूल्य २ देखि १० लाख रुपैयाँसम्म तोकिएको छ । गोला प्रथामार्फत ८ फ्रेन्चाइज टोलीले आफ्नो मार्की खेलाडी अनुबन्ध गरिसकेका छन् ।
काठमाडौंको करण केसी, पोखरा कुशल भुर्तेल, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहित पौडेल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ शेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी हुन् ।