Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

इजरायली आक्रमणमा हमास नेताको मृत्यु





एजेन्सी ।
इजरायलले दक्षिण लेबनानमा गरेको हवाई हमलामा परेर प्यालेष्टिनी सशस्त्र समूह हमास नेताको मृत्यु भएको छ । हमासले बताएअनुसार लेबनानमा समूहका नेता फतेह शरिफ अबु एल–अमिन मारिएका छन् ।
दक्षिण लेबनानको अल बस शिविरमा रहेको घरमा उनी मारिएको हमासले बताएको छ । हमास खासगरी गाजा केन्द्रित सशस्त्र समूह हो । तर लेबनानमा पनि यसको उपस्थिति राम्रै छ ।
हमास र हेजबुल्लाह दुबै इरानको सहयोगमा चल्ने समूह हुन् । इजरायली आक्रमणमा परेर मध्य बेरुतमा आफ्ना तीन नेता मारिएको पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेष्टाइन सशस्त्र समूहले बताएको छ ।