Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अख्तियारले बुझायो मधेसका प्रदेश प्रमुखलाई प्रतिवेदन

मधेसमा ८५२९ उजुरी मध्ये ६४७२ उजुरी फर्छयौट





जनकपुरधाम ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले मधेसका प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख रामबहादुर कुरुम्वाङले प्रदेशप्रमुख सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० तथा २०८०/०८१मा गरी मधेस प्रदेशमा कुल ८ हजार ५ सय २९ उजुरी दर्ता भएकोमा ६ हजार ४ सय ७२ उजुरी फर्छयौट भएको उल्लेख छ । मधेस प्रदेशमा सबैभन्दा बढी धनुषामा २०७९/०८०मा ४२१ तथा २०८०/०८१मा १ हजार १ गरी १ हजार ४ सय २२ उजुरी परेकोमा १ हजार ५६ उजुरी फर्छयौट भएको छ ।
त्यस्तै बारामा कुल १ हजार २ सय ७मा ८ सय ८७, सप्तरीमा १ हजार १ सय ७०मध्ये ९७१, रौतहटमा १ हजार ३५ मध्ये ७ सय ३४, महोत्तरीमा १ हजार २२ मध्ये ८ सय ३४ उजुरी फर्छयौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै पर्सामा ९ सय ५६मध्ये ६ सय ९१, सिरहामा ८ सय ८१मध्ये ६ सय ८७ र सर्लाहीमा ८ सय ३६मध्ये ६ सय ४२ उजुरीको फर्छयौट भएको प्रतिवेदनमा उल्लेख छ ।