Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाममा मनाइयो विश्व मुटु दिवस





जनकपुरधाम ।
जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मुटु दिवस मनाइएको छ । ‘काम गरौं, मुटु बचाऔँ’ नाराका साथ जनकपुरधाममा पनि विश्व मुटु दिवस मनाईएको हो । विश्व मुटु दिवसको अवसरमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,जनकपुरधाम शााखाले प्रभातफेरी कार्यक्रम गरेको छ । दिवसको अवसरमा चिकित्सकहरु विभिन्न प्ले कार्ड बोकेर नगर परिक्रमा गरेका थिए ।
स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्या निम्तन सक्ने मुटुरोग विशेषज्ञ बताउँछन् । धूमपान, जाँडरक्सी खाने, खानामा गुलियो र चिल्लो अधिक प्रयोगले मुटुमा समस्या पार्छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये झन्डै ३० प्रतिशत कुनै न कुनै प्रकारको मुटुरोगबाट पीडित रहेका छन् । मुटुको रोगमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुको रोग र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा छन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,जनकपुरधाम शााखाका प्रमुख राजेश साहले मुटु रोग लाग्न नदिने तर्फ केन्द्रित भए ९० प्रतिशत रोगीलाई अकाल मृत्युबाट जोगाउन सकिने बताए । उनले मुटु रोग लाग्न बाट बच्ने उपायका विषयमा जनचेतना फैलाउने उद्देश्यले विश्व मुटु दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको उनले बताए ।