जनकपुरधाम ।
बाढी तथा डुवानमा परेर मधेसमा ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । त्यस्तै ८ जना घाइते समेत भएका हुन् ।
शुक्रबार र शनिबार भएको अविरल वर्षापछि आएको बाढीमा परेर महोत्तरी र रौतहटमा २÷२ जना र सप्तरीमा एकजनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुवासचन्द्र बोहराले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा पाँचै जना पुरुष रहेका छन् । प्रहरी उपरीक्षक बोहराले सर्लाही र पर्सामा गरेर २ जना बेपत्ता भएका छन् । ५४ घरमा क्षति भएको छ भने ९६ घरपरिवारका ५ सय बढी व्यक्ति विस्थापित भएका हुन् ।