Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसमा बाढीका कारण ५को मृत्यु, ५ सयबढी विस्थापित





जनकपुरधाम ।
बाढी तथा डुवानमा परेर मधेसमा ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । त्यस्तै ८ जना घाइते समेत भएका हुन् ।
शुक्रबार र शनिबार भएको अविरल वर्षापछि आएको बाढीमा परेर महोत्तरी र रौतहटमा २÷२ जना र सप्तरीमा एकजनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुवासचन्द्र बोहराले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा पाँचै जना पुरुष रहेका छन् । प्रहरी उपरीक्षक बोहराले सर्लाही र पर्सामा गरेर २ जना बेपत्ता भएका छन् । ५४ घरमा क्षति भएको छ भने ९६ घरपरिवारका ५ सय बढी व्यक्ति विस्थापित भएका हुन् ।