Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ओमानमाथि नेपालले सहज जित हाशिल गर्यो





काठमाडौं ।
नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएको छ । क्यानडा भ्रमणमा रहँदा नेपालको यो पहिलो जित हो ।
१७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा सीमित भएको थियो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक अथभले १५, खालिद कैल ११, जिशान मकसुद ६, आयन खान र अकिब इलियास २–२ रनमा आउट भए । नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले २, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालको जितमा तल्लोक्रममा गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनको अविजित इनिङ खेलेका थिए । दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।
आसिफ शेख २२ बलमा १ चौका र २ छक्का तथा अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७–२७ रन बनाए । देव खनाल र कप्तान रोहित पौडेल २–२ रनमा आउट भए । कुशल मल्ल २६ बलमा २ चौका र २ छक्कासहित ३० तथा कुशल भुर्तेल १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।