Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

तेस्रो मुलुकबाट आउने मालसमानको भन्सार कटाउने व्यवस्था जलेश्वरमा मिलाउन माग





जनकपुरधाम ।
तेस्रो मुलुकबाट मालसामान भिठामोड नाका भएर आउने गरी जलेश्वरमा भन्सारको व्यवस्था मिलाउन माग गरिएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको एक टोली जलेश्वर भन्सार कार्यालय मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जलेश्वर भन्सार कार्यालयमा तेस्रो मुलुकबाट आएका मालसामानको भन्सार कटाउने व्यवस्था मिलाउन माग गरेको हो । मधेश प्रदेश, कोशी प्रदेश तथा बागमति प्रदेश लगायत नेपालको राजधानी काठमाडौं सम्म तेस्रो मुलुकबाट आयात निर्यात गर्ने नेपाललाई पश्चिम बंगालको हलदिया बन्दरगाह र आन्ध्र प्रदेशको विशाखापट्टनम बन्दरगाह उपलब्ध रहेकाले भिठामोड नाका सोको लागि उत्तम विकल्प हुन सक्ने जनकपुरधामका उद्योगी व्यवसायीहरुको बुझाई रहेको छ । हाल तेस्रो मुलकबाट आउने माल सामानहरु मधेशको लागी वीरगंज भन्सार कार्यालय, कोशी प्रदेशको लागी विराटनगर तथा मेची भन्सार कार्यालयमा सुविधा रहेपनि भारतको दुवै बन्दरगाहबाट वीरगंज, विराटनगर वा मेची भन्सार कार्यालयबाट मधेश प्रदेश, वाग्मति प्रदेश तथा कोशी प्रदेशका केही जिल्लाहरु समेतमा यातायातको दुरी बढी हुँदा ढुवानी खर्च बढी लाग्ने भएकाले जलेश्वरमा भन्सार कटाउने व्यवस्था मिलाई दिन ज्ञापन पत्र मार्फत माग गरिएको हो । यसले मालसामानको मुल्य घट्नुका साथै उपभोक्ता तथा व्यवसायी समेत मर्कामा नपर्ने जउवा संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । ज्ञापन पत्र बुझाउने टोलीमा पूर्व अध्यक्ष निर्मल चौधरी समेत सहभागी थिए ।