Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

तेस्रो मुलुकबाट आउने मालसमानको भन्सार कटाउने व्यवस्था जलेश्वरमा मिलाउन माग





जनकपुरधाम ।
तेस्रो मुलुकबाट मालसामान भिठामोड नाका भएर आउने गरी जलेश्वरमा भन्सारको व्यवस्था मिलाउन माग गरिएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको एक टोली जलेश्वर भन्सार कार्यालय मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जलेश्वर भन्सार कार्यालयमा तेस्रो मुलुकबाट आएका मालसामानको भन्सार कटाउने व्यवस्था मिलाउन माग गरेको हो । मधेश प्रदेश, कोशी प्रदेश तथा बागमति प्रदेश लगायत नेपालको राजधानी काठमाडौं सम्म तेस्रो मुलुकबाट आयात निर्यात गर्ने नेपाललाई पश्चिम बंगालको हलदिया बन्दरगाह र आन्ध्र प्रदेशको विशाखापट्टनम बन्दरगाह उपलब्ध रहेकाले भिठामोड नाका सोको लागि उत्तम विकल्प हुन सक्ने जनकपुरधामका उद्योगी व्यवसायीहरुको बुझाई रहेको छ । हाल तेस्रो मुलकबाट आउने माल सामानहरु मधेशको लागी वीरगंज भन्सार कार्यालय, कोशी प्रदेशको लागी विराटनगर तथा मेची भन्सार कार्यालयमा सुविधा रहेपनि भारतको दुवै बन्दरगाहबाट वीरगंज, विराटनगर वा मेची भन्सार कार्यालयबाट मधेश प्रदेश, वाग्मति प्रदेश तथा कोशी प्रदेशका केही जिल्लाहरु समेतमा यातायातको दुरी बढी हुँदा ढुवानी खर्च बढी लाग्ने भएकाले जलेश्वरमा भन्सार कटाउने व्यवस्था मिलाई दिन ज्ञापन पत्र मार्फत माग गरिएको हो । यसले मालसामानको मुल्य घट्नुका साथै उपभोक्ता तथा व्यवसायी समेत मर्कामा नपर्ने जउवा संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । ज्ञापन पत्र बुझाउने टोलीमा पूर्व अध्यक्ष निर्मल चौधरी समेत सहभागी थिए ।