Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकामा रहँदै आएका मैथिलहरुको अभियान

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीकृत गराउन प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र





जनकपुरधाम ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा रहँदै आएका नेपाली मैथिलहरुले जानकी मन्दिरलाई बिश्व सम्पदा सुचिमा सुचिकृत गराउने अभियानलाई तीव्रता दिन आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र संघिय महासभामा सहभागिताका लागि अमेरिका पुगेका प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेटेर अमेरिकास्थित मैथिलहरुले नेपाललाई विश्वमै चिनाउने जनकपुरधामस्थित जानकी मन्दिर हाल सम्म पनि बिश्व सम्पदा सुचिमा पर्न नसक्नु दुःखद रहेको भन्दै पहलकदमी लिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् । मिथिला र मैथिलीको विकास, विस्तार र सभ्यता संरक्षणका लागि अमेरिकामा विभिन्न मिथिला गतिविधीका लागि गठन गरिएको मिथिला आर्ट एण्ड कल्चर सेन्टरका सभापति अमितप्रसाद साहले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउदै जानकी मन्दिर अहिले सम्म ओझेलमा परेको प्रति चिन्ता व्यक्त गरेका थिए । आफुहरु मैथिली भाषा, संस्कृती र सभ्यताको संरक्षण र प्रचार प्रसारका लागि अमेरिकामा गरिरहेको गतिविधीहरु प्रधानमन्त्रीलाई जानकारी गराउँदै जानकी मन्दिर अहिले सम्म युनेस्कोको सुचिमा किन पर्न सकिरहेको छैन भन्ने विषयमा चासो समेत राखेको साहले बताए ।
मिथिला आर्ट एण्ड कल्चर सेन्टरका सल्लाहकार नवलकिशोर यादवले मिथिला सभ्यता तथा संस्कृतिलाई अमेरिकामा समेत स्थापित गर्ने अभिप्रायले न्यूयोर्कमा मिथिला संग्रहालय स्थापना गर्न लागिएको जानकारी दिए । यसकालागि नेपाल सरकारसंग सहयोग तथा समर्थनको अपेक्षा रहेको यादवले बताए ।