Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

अमेरिकामा रहँदै आएका मैथिलहरुको अभियान

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीकृत गराउन प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र





जनकपुरधाम ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकामा रहँदै आएका नेपाली मैथिलहरुले जानकी मन्दिरलाई बिश्व सम्पदा सुचिमा सुचिकृत गराउने अभियानलाई तीव्रता दिन आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र संघिय महासभामा सहभागिताका लागि अमेरिका पुगेका प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेटेर अमेरिकास्थित मैथिलहरुले नेपाललाई विश्वमै चिनाउने जनकपुरधामस्थित जानकी मन्दिर हाल सम्म पनि बिश्व सम्पदा सुचिमा पर्न नसक्नु दुःखद रहेको भन्दै पहलकदमी लिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् । मिथिला र मैथिलीको विकास, विस्तार र सभ्यता संरक्षणका लागि अमेरिकामा विभिन्न मिथिला गतिविधीका लागि गठन गरिएको मिथिला आर्ट एण्ड कल्चर सेन्टरका सभापति अमितप्रसाद साहले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउदै जानकी मन्दिर अहिले सम्म ओझेलमा परेको प्रति चिन्ता व्यक्त गरेका थिए । आफुहरु मैथिली भाषा, संस्कृती र सभ्यताको संरक्षण र प्रचार प्रसारका लागि अमेरिकामा गरिरहेको गतिविधीहरु प्रधानमन्त्रीलाई जानकारी गराउँदै जानकी मन्दिर अहिले सम्म युनेस्कोको सुचिमा किन पर्न सकिरहेको छैन भन्ने विषयमा चासो समेत राखेको साहले बताए ।
मिथिला आर्ट एण्ड कल्चर सेन्टरका सल्लाहकार नवलकिशोर यादवले मिथिला सभ्यता तथा संस्कृतिलाई अमेरिकामा समेत स्थापित गर्ने अभिप्रायले न्यूयोर्कमा मिथिला संग्रहालय स्थापना गर्न लागिएको जानकारी दिए । यसकालागि नेपाल सरकारसंग सहयोग तथा समर्थनको अपेक्षा रहेको यादवले बताए ।