Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने रास्वपाको निर्णय





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकले महाधिवेशनको स्थान तय गरेको हो । असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो । कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा राष्ट्रिय भेलाको समीक्षा समेत भएको छ । भेला सोचे भन्दा व्यवस्थित भएको र सहभागी पनि अपेक्षा गरिए भन्दा धेरै भएको भन्दै उनले भने, ‘यो हाम्रो पार्टीका लागि टर्निङ प्वाइन्ट भएको छ ।’