Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसले विपद् कोषमा ५० लाख जम्मा गर्ने, राहत तथा उद्धारमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन





काठमाडौं ।
सत्तारुढ नेपाली कांग्रेसले बाढीपहिरोमा पीडितहरुको राहतका लागि ५० लाख रकम प्रदान गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका सबै पूर्वघोषित कार्यक्रमलाई स्थगित गर्दै राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गर्ने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सरकारले बनाएको राहत कोषमा पार्टीको तर्फबाट प्रदान गरिने रकममा सबै सांसदहरूले १५ दिनको तलब जम्मा गर्ने निर्णय पनि भएको छ ।