Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कोशीको पानीले भारतको विहार डुबानमा





एजेन्सी ।
नेपालमा ठूलो जनधनको क्षति हुने गरी भएको बाढी र पहिरोको विपत्तिपछि अब भारतीय राज्य विहारमा डुबान सुरु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार बिहान ५ बजे कोशी ब्यारेजमा पानीको सतह ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पुगेको छ जुन १९६८ पछिकै सर्वाधिक हो । विहारका विभिन्न राज्यमा बाँध टुटेको नवभारत टाइम्सले उल्लेख गरेको छ । मानिसहरुको घरदेखि अन्नबाली लगाएका खेत डुबानमा परेको बताइएको छ ।
नेपालमा परेको भारी वर्षाको असर भारतीय रेल्वे सेवामा समेत देखिएको छ । भारतको जोगबनी सीमानजिक नेपालमा भएको भारी वर्षाको पानी जोगबनीको टिकुलिया बस्तीमा शनिबार राति पस्न सुरु गरेको थियो । अहिले रेलवे ट्रैकमै पानी जमेको छ ।
योसँगै जोगबनीबाट खुल्ने सबै रेलसेवा बन्द भएका छन् । जोगबनीमा अन्तिम रेलवे स्टेसन रहेको छ ।
नेपालमा वर्षा कम भएसँगै कोसी र अन्य नदीको जलक्षेत्र भने कम हुँदै गएको बताइएको छ । बिहान ९ बजेसम्म कोसी ब्यारेजबाट ६.२८ लाख र १० बजे ६.१२ लाख क्युसेक पानी छोडिएको छ ।
कोसी ब्यारेजनजिकै नेपालको वराह क्षेत्रमा बिहान ९ बजे २.९० लाख क्युसेक पानी रेकर्ड भएको बताइएको छ । कोसी ब्यारेजबाट निस्केको पानीले कोसी तटबन्धभित्र करिब ३०० गाउँमा बाढी पसेको छ ।