Breaking 
मोडेल खबरमा रमण पाण्डेय, उहाँले भन्नुभयो – गंगासागरको पूर्वतर्फ घाटमा स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माण हुन्छ हुन्छ हुन्छ | राराबमा लगाइएको ताला खोलियो, आंशिक शिक्षकहरुको तलब भुक्तानी सम्बन्धि प्रकृया क्याम्पस प्रशासनले अगाडी बढाए | वैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने राप्रपाको निर्णय | सातवटै प्रदेशका उपसभामुखहरुको ३ दिवसीय सम्मेलन धनुषाको लालगढमा शुरु | शिक्षकहरुको आन्दोलन नरोकिए कक्षा १२को परीक्षा रोकिने सम्भावना | रास्वपाको सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले किन दिइन् राजिनामा | भूगर्भविदहरुको चेतावनी– भारत विनाशकारी भूकम्पको संघारमा छ | सुनको मूल्य एकै दिन ३६ सयले बढ्यो, १ लाख ९० हजारमाथि पुग्यो मूल्य | कुवेतसंगको पराजयपछि नेपाल आइसीसी बरियतामा १ स्थान खस्कियो | कि ई सरकार संकटमे अछि ? |

बीपी राजमार्गबाट ८१ जनाको हेलिकप्टरबाट उद्धार, १ हजार बढी उद्धारको पर्खाइमा





काठमाडौं ।
नेपाली सेनाको हेलिकप्टरले काभ्रेको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याइएको छ ।
‘बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले भने, ‘सुरुमा नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलटारमा खाद्यान्न पु¥याएर राजमार्गमा फसेकाहरूको उद्धार सुरु भएको छ ।’ उद्धार गरिएकामध्ये १३ जना बिरामी समेत छन् ।
जिल्लामा ठूला मानवयि र भौतिक संरचना क्षति भए पनि यकिन विवरण संकलन हुँदै गरेको उनले बताए । विभिन्न स्थानीय तहसँग समन्वय गर्ने प्रयास भए पनि विद्युत् र दूरसञ्चार सेवा समेत अवरोध हुँदा समस्या भएको छ । प्रमुख दुई राजमार्ग बीपी र अरनिको सहित अधिकांश स्थानीय तह जोड्न सडक समेत अवरुद्ध छ ।