Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विपद् व्यवस्थापनमा सरकार कमजोरः जनमत पार्टी





काठमाडौँ ।
जनमत पार्टीले विपद् व्यवस्थापनको तयारीमा सरकार कमजोर देखिएको बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता शरदसिंह यादवले सतर्कता र उद्धारको तयारी कमजोर हुँदा देशका विभिन्न भू–भागमा बाढी पहिरोसँगै डुबानमा परि भएको ठुलो जनधनको क्षति हुनु गम्भीर विषय भएको उल्लेख गरेका छन् ।
‘युद्धस्तरमा उद्धार कार्य गर्न तथा नागरिकहरूलाई सुरक्षित स्थानको व्यवस्थापन गर्न, राहत कार्यलाई थप सक्रियताका साथ अगाडी बढाउन समेत जनमत पार्टीले नेपाल सरकारसँग जोरदार माग गर्दछौँ‚’ विज्ञप्तिमा उनले लेखेका छन् ।
बिहीबार देखिको निरन्तर अविरल वर्षा र बाढी पहिरोले देशभरमा गरी १ सय १२ जनाको मृत्यु भएको छ भने १ सय जना घाइते भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।