Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेसको सय दिने अभियान कोजाग्रत पूर्णिमासम्मकालागि स्थगित





काठमाडौं ।
नेपाली कांग्रेसले सय दिने विशेष अभियानलाई दशैंपछि गर्ने गरी सारेको छ ।
असोज ७देखि तय भएको अभियान कोजाग्रत पूर्णिमा पछि सुरु गर्ने गरी स्थगित गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी गराए । बाढीपहिरो प्रभावितहरूलाई राहत, उद्धार कार्यमा लाग्नुपर्ने भएकाले अभियान सारिएको महतले बताए । ‘राहत र उद्धार कार्यमा संलग्न हुनुपर्ने भएकाले त्यतैतिर सम्पूर्ण शक्ति लगाउने निर्णय गरिएको छ,’ महतले भने ।
संगठन सुदृढीकरणका लागि असोज ७ बाट पुस १६ सम्म सञ्चालन गर्ने गरी अभियानको घोषणा गरिएको थियो । कांग्रेसले ७७ जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधि बनाएर पठाइसकेको थियो ।
कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम पनि स्थगित गरेको छ ।