जनकपुरधाम ।
गएरातिदेखि नै मौसममा सुधार आएपछि जनकपुरधाममा विद्यालयहरु आज पूर्ववतः सञ्चालित भएको छ । शुरुमा प्याब्सन, एनप्याब्सन र हिसानले प्रतिकुल मौसमको कारण देखाइ विद्यालय र क्याम्पस बन्द गर्ने घोषणा गरेका थिए तर मौसम सुधार संगै विद्यालय खोल्ने निर्णय गरेको प्याब्सनका अध्यक्ष दीपक ठाकुरले मोडेल खबरलाई जानकारी दिएका छन् ।
विद्यालय वा क्याम्पस खुलेपनि केही विद्यालयमा विद्यार्थीहरु आवश्यक संख्यामा आएको नदेखिएको निजि विद्यालयका सञ्चालकहरुले बताएका छन् । सामुदायिक विद्यालयहरु पनि पूर्ववतः सञ्चालित छन् । मौसममा सुधार आएको र जनकपुरधाममा त्यति क्षति नदेखिएकोले आफूहरु विद्यालय पूर्ववतः चलाएको जानकारी संकटमोचन मावि जनकपुरधामका प्रधानाध्यापक वलराम साहले जानकारी दिएका छन् ।
विद्यालय सञ्चालनमा आएपनि केही विद्यालयहरुमा परीक्षा थियो त्यो भएन् ।
आज विहानैदेखि पानी परेको छैन साथै घामपनि उदाएको छ ।