Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आजदेखि देशैभरी मौसममा सुधार





काठमाडौँ ।
आजदेखि मौसम सुधार हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बिहान ८ः२४ बजे सूचना जारी गरी महाशाखाले अबका ३ दिन ठूलो वर्षाको सम्भावना कम रहेको जानकारी दिएको हो । तर पनि वर्षा भने जारी नै रहने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
महाशाखाले जारी गरेको सूचनामा भनिएको छ– विगत केही दिनदेखि देशभरको मौसमी अवस्थामा आजबाट सुधार हुने सम्भावना छ । आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून छ । तर, आगामी २४ घण्टाका लागि कोसी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।