Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजधानी काठमाडौँ पस्ने नाका खुल्ने सम्भावना अझै न्यून





काठमाडौं ।
राजधानी काठमाडौं भित्रिने र बाहिरिने नाकाका सडकहरु ठप्पै भएका छन् । आज तेस्रो दिन पनि काठमाडौंबाट गाडीहरु बाहिरिएका छैनन् । भित्रिने क्रममा रहेका गाडीहरु भने बीचबाटोमै अलपत्र छन् ।
पश्चिमतर्फबाट काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाको अवस्था सबैभन्दा खराब छ । झ्याप्ले खोलानेर ठूलो पहिरो झर्दा केही गाडीहरु पुरिएका छन् । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले धादिङ र काठमाडौं दुवैतिरबाट नागढुंगाको पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए । ‘झ्याप्ले खोलामा ठूला–साना ३÷४ वटा गाडीहरु पुरिएका छन्, थुप्रै गाडीहरुमा क्षति पुगेको छ,’ प्रवक्ता खड्काले भने, ‘पहिरो पन्छाएर बाटो खुलाउन कम्तिमा आज मध्याह्नसम्म लाग्छ ।’
झ्याप्ले खोलामा पुरिएका दुईवटा बसबाट हिजो बेलुका १४ जनाको शव निकालिएको थियो । आज पनि त्यहाँ पुरिएको अर्को बसलाई निकाल्ने प्रयास भइरहेको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट पूर्वतिर र दक्षिणतिर जाने सडकमा पनि पहिरोले क्षति पुगेकाले सवारी आउजाउ ठप्प भएको छ ।
उत्तरतर्फ (नुवाकोट)तिर जाने सवारी साधनहरु टोखा, झोर हुँदै चलिरहेका छन् । तर त्यो बाटोमा अत्यावश्यक सवारी साधनमात्र चलिरहेका ट्राफिक प्रहरीले सञ्चालन गरेको एफएमले जनाएको छ । तर उत्तरतिर जाने सडक पनि पहिरोले गर्दा ठाउँ–ठाउँमा अवरोध छ । अविरल वर्षासँगै झरेको पहिरोले बाटो बन्द भएपछि तीन दिनदेखि काठमाडौंबाट लामो दुरीका सवारी साधन छुटेका छैनन् ।