Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बाढीपहिरो अपडेटः १सयको मृत्यु, ६७ बेपत्ता





काठमाडौं ।
बाढीपहिरो र डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १सय १ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाको मृत्यु भएको छ । यस्तै, दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरीमा दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।