Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

विपदमा परी घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्ने





काठमाडौं ।
सरकारले विपद्मा परेर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ ।
कार्यवाहक प्रधानमन्त्रीले राखेका आकस्मिक बैठकले घाइतको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने निर्णय भएको बताए । विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने बताए ।
मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने निर्णय भएको पनि बताए ।
उनले, ‘उद्धारको लागि सरकारको सबै संयन्त्रले काम गरिरहेको छ । राहत र उद्धारको लागि लाग्न हामीले सम्बन्धित सबै मन्त्रालयलाई भनेका छौं । हामीले क्षतिको मूल्यांकन गरेका छौं । सरकारले क्षतिपूर्ति दिन्छ ।’
समस्यामा रहेकाहरुलाई प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीलाई सम्पर्क गर्न आग्रह गरे ।