Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

कोशी ब्यारेज कन्ट्रोल रुमद्वारा रेड अलर्ट जारी





जनकपुरधाम ।
कोशीमा पानीको बहाब अत्यधिक बढेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले ’रेड अलर्ट’ जारी गरेको छ । शनिबार दिउँसो १ बजेको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड ५ लाख २१ हजार क्युसेक पानीको बहाब भइरहेको छ ।
ब्यारेजका ५६ वटै ढोका शनिबार बिहान ८ बजेदेखि नै खोलिएको छ । सन् १९६२ मा कोशी ब्यारेजको संरचना सञ्चालनमा आएपछि ९ लाख ५० हजार क्युसेक पानीको बहाब हुने क्षमता भनिएको थियो ।
तर पछिल्ला दिनहरुमा कोशी ब्यारेजका पुल नजिक बालुवा थुप्रिएका कारण ब्यारेजबाट हुने बहाब क्षमतामा कमी आएको हो ।
वर्षा निरन्तर भइरहेकोले अझै बहाब बढन सक्ने कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। कोशी ब्यारेज पुलमा सर्वसाधारणको सुरक्षाका लागि अस्थायी रूपमा आवतजावतमा रोक लगाइएको छ ।
सवारीसाधनलाई अनुमति दिइएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती नेतृत्वको स्थानीय प्रशासनको टोली कोशी ब्यारेज र कोशीको संरचनाको निरीक्षण गरेका छन् ।