काठमाडौँ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा पनि व्यापक वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको आज दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) का ९ स्थानमा अति भारी (२०० मिलिमिटरभन्दा बढी) वर्षा भएको छ । यस्तै उपत्यकाका ५ स्थानमा धेरै भारी (१०० मिलिमिटरभन्दा बढी) वर्षा भएको छ ।
कुन स्थानमा कति वर्षा ?
–काठमाडौँको कीर्तिपुरमा २१७.८ मिलिमिटर
–काठमाडौँको बबरमहलमा २३१.२ मिलिमिटर
–ललितपुरको खुमलटारमा २७८ मिलिमिटर
–ललितपुरको टीकाथलीमा २५६ मिलिमिटर
–काठमाडौँको एअरपोर्टमा २११.४ मिलिमिटर
–काठमाडौँको पानीपोखरीमा २००.६ मिलिमिटर
–ललितपुरको लेलेमा २३२.२ मिलिमिटर
–ललितपुरको गोदावरीमा ३०५.२ मिलिमिटर
–भक्तपुरको नगरकोटमा २०१ मिलिमिटर
–भक्तपुरको ताथलीमा १५५.८ मिलिमिटर
–काठमाडौँको कपनमा १९४ मिलिमिटर
–काठमाडौँको बूढानीलकण्ठमा १८९.८ मिलिमिटर
–काठमाडौँको सुन्दरीजलमा १४३.६ मिलिमिटर
–काठमाडौँको शंखुमा १३५.६ मिलिमिटर