Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौँ उपत्यकाको यी ९ स्थानमा भारी वर्षा





काठमाडौँ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा पनि व्यापक वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको आज दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) का ९ स्थानमा अति भारी (२०० मिलिमिटरभन्दा बढी) वर्षा भएको छ । यस्तै उपत्यकाका ५ स्थानमा धेरै भारी (१०० मिलिमिटरभन्दा बढी) वर्षा भएको छ ।
कुन स्थानमा कति वर्षा ?
–काठमाडौँको कीर्तिपुरमा २१७.८ मिलिमिटर
–काठमाडौँको बबरमहलमा २३१.२ मिलिमिटर
–ललितपुरको खुमलटारमा २७८ मिलिमिटर
–ललितपुरको टीकाथलीमा २५६ मिलिमिटर
–काठमाडौँको एअरपोर्टमा २११.४ मिलिमिटर
–काठमाडौँको पानीपोखरीमा २००.६ मिलिमिटर
–ललितपुरको लेलेमा २३२.२ मिलिमिटर
–ललितपुरको गोदावरीमा ३०५.२ मिलिमिटर
–भक्तपुरको नगरकोटमा २०१ मिलिमिटर
–भक्तपुरको ताथलीमा १५५.८ मिलिमिटर
–काठमाडौँको कपनमा १९४ मिलिमिटर
–काठमाडौँको बूढानीलकण्ठमा १८९.८ मिलिमिटर
–काठमाडौँको सुन्दरीजलमा १४३.६ मिलिमिटर
–काठमाडौँको शंखुमा १३५.६ मिलिमिटर