Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकाबाटै प्रधानमन्त्री ओलीको आग्रहः विपदको मिलेर सामना गरौँ





काठमाडौं ।
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकलाई फोन गरेर बाढी पहिरो र डुबानबाट भएको क्षतिबारे जानकारी लिएका छन् ।
उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आज पनि देशैभर अविरल बर्षा भइरहेको छ । बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन् । अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ ।’
उनले केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको भन्दै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढ्न निर्देशन दिएका छन् ।