

काठमाडौँ ।
नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय, च्यासल डुबानमा परेको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण एमाले कार्यालय डुबानमा परेको हो ।
हनुमन्ते खोलाको डुबानपछि जडिबुटी, बालकुमारी, च्यासल, शंखमुल क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यसअघि पनि एमाले कार्यालय पटक पटक डुबानमा पर्ने गरेको थियो । बाढीका कारण देशैभर जनजीनव प्रभावित बनेको छ ।
