Breaking 
जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी | सप्तरीको हनुमाननगर कङ्कालिनीमा दूईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, १ घाइते | १६१ देशसंग व्यापार गर्ने नेपालको १२४ देशसंग व्यापार घाटा | इरानमाथि अमेरिकी आक्रमणको कतार, ओमान र इराकद्वारा निन्दा | संसदमा लफड़ा चलि रहँदा रास्वपाका सांसदहरु विदेश भ्रमणमा | मुक्तिक ८ द्वार– अष्टांग योग | सांसद अमरेश सिंहले नेपाललाई अर्को देशलाई लिजमा दिन भनेपछि लफड़ा | रास्वपाको ६ बुँदे निर्णय सार्वजनिक | सुनको मूल्यमा सामान्य बृद्धि | पाकिस्तानद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारकालागि सिफारिश गर्ने घोषणा |

बाढी पहिरोका कारण ललितपुरमा ९ जनाको मृत्यु





काठमाडौं ।
बाढी पहिरोका कारण ललितर जिल्लाका विभिन्न ठाउँमा मात्रै ९ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार ९ जनाको शव फेला पर्नुका साथै ११ जना बेपत्ता भएका छन् ।
‘बाढी पहिरोका कारण जिल्लाका विभिन्न ठाउँहरुमा ९ वटा शव भेटिएको छ, ११ जना वेपत्ता भएका छन्’ एसएसपी खनालले भने ।
उनका अनुसार अहिलेसम्म २८१ जनाको शकुसल उद्धार गरिएको छ । सानेपा क्षेत्रबाट ७७, नख्खु हार्मोनी कोलोनीबाट १४, नख्खिपोट क्षेत्रबाट १५, बुङ्मती क्षेत्रबाट ७५, चापागाउँ क्षेत्रबाट ५५, इमाडोल क्षेत्रबाट २८ र युएन पार्क क्षेत्रबाट १ जना गरी २८१ जनाको उद्धार गरिएको उनले बताए । उद्धारमा प्रहरीका मात्रै ११ सय जनशक्ति परिचालन गरिएको उनले बताए ।