Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

क्यान २०२५ को बजेटः आम्दानी ६१ करोड, खर्च ६९ करोड





काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगमी २०२५ अनुमानित वार्षिक आम्दानी बजेट ६१ करोड ७२ लाख रुपैया हुने बताएको छ ।
पोखरामा सम्पन्न क्यानको वार्षिक साधरण सभाले उक्त अनुमानित बजेट प्रस्तुत गरेको हो । क्यानको आगमी आर्थिक वर्षको अनुमानित आम्दानी ६१ करोड, ७२ लाख, ७४ हजार ३५० रुपैयाँ छ ।
क्यानलाई आसीसीले वार्षिक २४ करोड ५५ लाख २० हजार प्रदान गर्नेछ । क्यानलाई आईसीसीले सोधभर्ना अनुदान ९३, २९१, ८५० रहने अनुमान गरेको छ । त्यस्तै एसीसीले ३९,६००, ००० अनुदान दिनेछ । राखेपबाट आम्दानी ११,०००,००० हुने छ ।
प्रायोजक र इस्पोन्सरबाट इनकम ९३, ५००,००० हुनेछ । टिकट ब्रिकी, बैकको ब्याज, मैदान भाडा, बोडकास्टिङ, चन्दा, मर्चेन्डाइजिङ सबै गरी ६१ करोड ७२ लाखको बजेट अनुमान गरेकोछ ।
उक्त बजेटबाट क्यानले मुख्य प्रशिक्षक, प्रादेशिक प्रशिक्षक, मैदान कर्माचारी, क्युरेटर, कार्यसमिति बैठक, प्रदेशलाई दिने अनुदान र अन्य घरेलु प्रतियोगितामा २१ करोड ४३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । विभिन्न घरेलु प्रतियोगिता र अन्यमा १३ करोड खर्च हुने अनुमान गरेको छ ।
नेपालको सिनियर पुरुष र महिला टोलीको विदेशमा सहभागीता, बन्द प्रशिक्षण, सिरिजहरु, लिग २, यू–१९ विश्वकप एसिया छनोट, हवाइ टिकट लगायतमा २९ करोड १२ लाख खर्च हुने अनुमान गरेकोछ । क्यानको २०२५ को कुल अनुमानित खर्च ६९ करोड ५० लाख रुपैयाँछ ।