Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काभ्रेमा पहिरो जाँदा ३को मृत्यु, ११ बेपत्ता





काठमाडौं ।
दुई दिनको अविरल वर्षाका कारण आएको बाढी पहिरोले काभ्रेपलाञ्चोकमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकका अनुसार १ बालिकासहित ३ जनाको मृत्यु हुँदा ११ जना बेपत्ता भएका छन् । यस्तै बाढीबाट १० जनाको उद्धार गरिएको छ भने एक जना घाइते भएका छन् । यस्तै काभ्रेको बनेपा नगरपालिका, बेथमनचोक गाउँपालीका, तेमाल गाउँपालीका र रोशी गाउँपालीकामा क्षति पुगेको ।
रोशी खोलामा आएको बाढीले समेत बगाएको छ । रोशी बाली भित्रयाउने बेला धानमा समेत ठूलो क्षति पुगेको छ । बाढीले काभ्रेपलाञ्चोकमा अरनिको र बीपी राजमार्ग अवरुद्ध भएका छन् ।
बाढीका कारण दुम्जाको कुशेश्वर मन्दिरमा रहेको गुरुकुलमा २८ जना विद्यार्थी र शिक्षक गरी ३३ जना फसेका छन् । दायाँ–बायाँ रोशी खोलामा बाढी बढेपछि विद्यार्थी र शिक्षक मन्दिरको बीचमै फसेको शिक्षक शिक्षक नारायण घिमिरेले बताए ।
शिक्षक घिमिरेका अनुसार तीनतिरबाट रोशी खोलाले कटान गरिरहेको छ । उनले भने, ‘ एकतिरबाट सुनकोसीले कटान गरेको छ । मन्दिर थोरै उचाइमा रहेकाले बचेको छ । कतिबेला कटानमा पर्छ भनेर आतंकित भएर बसेका छौँ ।’