Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कोशी ब्यारेजका सबै ढोका खोलियो, बिहारको ८ जिल्लामा उच्च सर्तकता





जनकपुरधाम ।
लगातारको वर्षाका कारण सप्तकोशी नदीमा बहाव उच्च भएको छ । नदिको बहाव उच्च भएसंगै ब्यारेजमा पानी खतरा निशानमाथी पुग्नै लागेकाले ढोकाहरु खोलिएका छन् । कोशी ब्यारेजका ढोका खोलिएसंगै बिहारका ८ जिल्लामा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बिहार सरकारको जलसंसाधन विभागले कोशीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको हो । विभागले शनिबार १२ बजे कोसी व्यारेज भएर छ लाख ८१ हजार क्युसेक पानीको बहाव हुनसक्ने बताएको छ । सुपौल, सहरसा, मधेपुरा, मधुवनी, दरभंगा, भागलपुर, खगडिया र कटिहार जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरिएको विभागले जानकारी दिएको छ ।
कोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ ढोका खुल्ला गरिएको छ । आज बिहान ८ बजेको मापन अनुसार सप्तकोशीको पानीको बहाव ४ लाख १९ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।