काठमाडौं ।
अविरल वर्षाले भएको बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका छन् । विपद्मा परेका नागरिकको राहत, उद्धार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको सचिवालयले जनाएको छ ।