जनकपुरधाम ।
सिरहामा निरन्तर वर्षपछि खोलामा आएको बाढीले हुलाकी सडक बगाएको छ । औरही गाउँपालिका र सिरहा नगरपालिकाको सीमामा रहेको सहजा खोला नजिकैको सडक खोलाले बगाएको हो ।
सहजा खोलामा पुल लामो समयदेखि निर्माणाधीन छ । पुल नहुँदा छेउमै रहेको सडकबाट सर्वसाधारण आउजाउ गर्छन् । तर, सो स्थानमा एक मात्र बाटो बाढीले बगाएपछि आवागमन नै अवरुद्ध भएको छ ।
अहिले सो सडकको मरम्मत सम्भार भई रहेको छ ।