Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

श्रीमतीलाई आगो लगाई हत्या गर्ने युवक पक्राउ





जनकपुरधाम ।
रौतहटको इशनाथ नगरपालिकामा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इशनाथ नगरपालिका–२ औरैयाका २४ वर्षीय रोशन साह सोनार रहेका छन् । उनले २२ वर्षीया श्रीमती पिंकी देवीलाई मट्टितेल छर्केर आगो लगाएर हत्या गरेको प्रहरीको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार विश्वकर्मा पुजाका दिन खेतमा पानी हाल्ने पम्पको ट्याकींबाट मट्टितेल झिकेर आगो लगाएको र
श्रीमतीले गुहार मागेपछि ढोका खोलेर उल्टै बचाउने नाटक गरेका थिए ।
‘श्रीमतीलाई जलाएको आरोपमा हामीले कर्तव्य ज्यान मुद्धामा उनलाई कानूनी कारवाही अगाडी बढाएका छौं।” उपरीक्षक घिमिरेले भने, ‘गम्भीर घाइते महिलाको बिहिबार उपचारको क्रममा कीर्तिपुरमा निधन भएको छ ।’
२०७९ साल फागुनमा वैवाहिक बन्धमा बाधिएकी उनीहरूको एक सन्तान छोरा जन्मिएको थियो । तर, गौर–२ माइती भएकी उनी सुत्केरी भएको ३५ दिनपछि ससुराली घर फर्किएको दिन पछि नै उनको छोराको मृत्यु भएको थियो ।
मृतक पिंकीका काका संजय मुखियाले पिंकी ८ महिनाको गर्भवती भएको बताए । ‘मेरी भतिजी गर्भवती थिइन् । तर उनका श्रीमान र परिवारले मिलेर गर्भवती श्रीमतीमाथि पटक–पटक घरेलु हिंसाको शिकार बनाए र मारे ।’ उनले आरोप लगाए ।