Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

श्रीमतीलाई आगो लगाई हत्या गर्ने युवक पक्राउ





जनकपुरधाम ।
रौतहटको इशनाथ नगरपालिकामा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इशनाथ नगरपालिका–२ औरैयाका २४ वर्षीय रोशन साह सोनार रहेका छन् । उनले २२ वर्षीया श्रीमती पिंकी देवीलाई मट्टितेल छर्केर आगो लगाएर हत्या गरेको प्रहरीको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार विश्वकर्मा पुजाका दिन खेतमा पानी हाल्ने पम्पको ट्याकींबाट मट्टितेल झिकेर आगो लगाएको र
श्रीमतीले गुहार मागेपछि ढोका खोलेर उल्टै बचाउने नाटक गरेका थिए ।
‘श्रीमतीलाई जलाएको आरोपमा हामीले कर्तव्य ज्यान मुद्धामा उनलाई कानूनी कारवाही अगाडी बढाएका छौं।” उपरीक्षक घिमिरेले भने, ‘गम्भीर घाइते महिलाको बिहिबार उपचारको क्रममा कीर्तिपुरमा निधन भएको छ ।’
२०७९ साल फागुनमा वैवाहिक बन्धमा बाधिएकी उनीहरूको एक सन्तान छोरा जन्मिएको थियो । तर, गौर–२ माइती भएकी उनी सुत्केरी भएको ३५ दिनपछि ससुराली घर फर्किएको दिन पछि नै उनको छोराको मृत्यु भएको थियो ।
मृतक पिंकीका काका संजय मुखियाले पिंकी ८ महिनाको गर्भवती भएको बताए । ‘मेरी भतिजी गर्भवती थिइन् । तर उनका श्रीमान र परिवारले मिलेर गर्भवती श्रीमतीमाथि पटक–पटक घरेलु हिंसाको शिकार बनाए र मारे ।’ उनले आरोप लगाए ।