Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

गढीमाई मन्दिरमा हुने महागढीमाई आरतीका लागि पुजारीहरुको प्रशिक्षण जनकपुरधाममा





जनकपुरधाम ।
दशैँको अवसरमा वाराको कलैया स्थित गढीमाई मन्दिरमा हुने महागढीमाई आरतीका लागि पुजारीहरुको प्रशिक्षण जनकपुरधाममा शुरु भएको छ । प्रशिक्षण जनकपुरधामका गंगा आरतीका पुजारीहरुले दिइरहेको जानकारी सेभ हिस्टोरिकल जनकपुरधामका संस्थापक अध्यक्ष एवं सांसद रामअशिष यादवले दिएका छन् । सेभ हिस्टोरिकलले केही वर्षदेखि जनकपुरधाममा गंगा आरती गर्दै आएको छ ।
प्रशिक्षणमा बारा कलैयाका पुजारी ओमप्रकाश उपाध्याय सहित ५ जना सहभागि रहेका छन् । संगीतप्रधान आरती कसरी गर्ने, आरती कसरी घुमाउने, मन्त्रहरु कुन–कुन राख्ने जस्ता विषयमा जनकपुरधामका पुजारीहरु जानकारी गराइरहेका छन् ।