Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

संसदमा लैगिंक समानता, सामाजिक समावेशीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम

संसदमा ऐन कानुन बनाउँदादेखि समितिहरु बनाउनमा पनि महिलालाई स्थान दिन कन्जुस्याइ गरेको आरोप





जनकपुरधाम ।
संसदमा लैगिंक समानता, सामाजिक समावेशीकरण र मानअधिकारको प्रभाव विश्लेषण औजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ ।
युएनडिपी संसद सहयोग परियोजनाको सहयोगमा सिआइसी धनुषाद्वारा आयोजित सो कार्यक्रममा वक्ताहरुले संसदमा ऐन कानुन बनाउँदादेखि समितिहरु बनाउँदा पनि महिला स्थान दिनमा कन्जुस्याइ गरेको आरोप लगाएका छन् । प्रदेश सांसद अञ्जना पण्डितले हरेक स्थानमा महिलालाई ५० प्रतिशत स्थान दिनुपर्छ बताइन ।
प्रशिक्षकको रुपमा काठमाडौवाट आउनु भएका लैगिंक विज्ञ डा. योगेन्द्र रिजालले महिलाले ऐन कानुन बनाउँदा आफै सहभागिता बनाउन तर्फ अग्रसरता देखाउनु पर्ने उल्लेख गर्नुभयो । उहाँले महिलालाई पुरुष सरह समान अवसर नदिएसम्म देश उन्नति तर्फ बढन नसक्ने समेत उल्लेख गर्नुभयो ।
युएनडिपी संसद परियोजनाका बिट्टु श्रीवास्तवले संसदमा महिलाहरु कसरी प्रस्तुत हुन्छ त्यसका लागि आफूहरु विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो । हाम्रो कार्यक्रममा मधेश प्रदेशसभाले महत्वपूर्ण सहयोग गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।
सिआइसी धनुषाका अध्यक्ष संजय साहले महिला सांसदहरु जुनरुपमा आफना समस्या राखीरहेका छन् त्यो यो कार्यक्रमको महत्वपूर्ण पार्ट रहेको बताउनुभयो । प्रदेशसभाले कानुन बनाउन महिलालाई नजरअन्दाज गर्ने परिपाटी समप्त गर्नुपर्छ उहाँको कथन थियो ।