Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

ऐन संसोधन गर्न स्थानीय तह सहायक चौथो तहका कर्मचारीहरुको माग





जनकपुरधाम ।
स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधन गर्न माग गर्दै स्थानीय तहका सहायक चौथो तहका कर्मचारीहरुले ज्ञापन पत्र बुझाएका छन् ।
हाम्रो मनोबल गिराउने गरी ऐन ल्याइएको भन्दै कर्मचारीहरुले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् । स्थानीय सेवा को गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रमाणीकरण भई राजपत्रमा समेत प्रकाशित भई सकेको छ । ऐन प्रमाणिकरण भईसकेको अवस्थामा ती कर्मचारीहरुले मुख्यमन्त्री सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।
‘आम जनता तथा राष्ट्रसेवक कर्मचारीहरूलाई समान सेवा र समान वृत्ति विकासको अवसर पाउनु पर्ने हाम्रो संबैधानिक अधिकार हो, सबै तह सेवाका कर्मचारीहरूको सामान हक Þअधिकार र वृत्ति विकास स्थापित हुने गरी तथा नितिगत रुपमा लागू हुनुपर्ने मा यस ऐनले सो विपरीत निश्चित समुहलाई लक्षित गरी एकपक्षीय देखाएकोमा हाम्रो आपत्ति छ्र’ ज्ञापन पत्रमा उल्लेख छ । ऐनका बिभिन्न दफा उपदफाले केही निश्चित समूहका कर्मचारीलाइ बिना प्रतिस्पर्धा२÷२ तहसम्म स्तर वृद्धि गर्दा हामी सहायक चौथों तहका कर्मचारीलाई सो अवसरबाट बञ्चित गरिएको ज्ञापन पत्र मार्फत आरोप लगाइएको छ ।