Breaking 
भारतमा आतंककारी हमलामा नेपाली पनि मारिए, साउदीको भ्रमण छोट्याएर स्वदेश फर्किंदै मोदी | डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु | लखनउमाथि दिल्लीको रबाफ | आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा |

मुख्यमन्त्रीको कार्यशैलीप्रति सत्ता गठबन्धनमै आलोचना





जनकपुरधाम ।
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको कार्यशैलीप्रति सत्ता गठबन्धनकै बैठकमा आलोचना गरिएको छ । मुख्यमन्त्री सिंहले नै बोलाएको सता गठबन्धन दलको बैठकमा सहभागी नेताहरुले मुख्यमन्त्रीको कार्यशैली संतोषजनक नरहेको भन्दै आलोचना गरे । बैठकमा नेताहरुले कार्यशैलीमा सुधार नआए विकल्प खोज्ने सम्मको स्थिति आउन सक्ने चेतावनी समेत दिइएको बैठकमा सहभागी एक नेताले बताए ।
सरकारी नियुक्तिमा एकलौटी गरेको, प्रदेश सरकारले विभिन्न बोर्ड तथा आयोगमा राजनीतिक नियुक्ति गर्दा गठबन्धन दलसँग छलफल नगरेको, आर्थिक वर्षको दुई महिनाभन्दा बढी समय बित्दापनि प्रदेश सरकारको कामहरु सुरु हुन नसकेको भन्दै गठबन्दन दलका सांसद तथा नेताहरुले मुख्यमन्त्री सिंहको आलोचना गरेका छन् ।
बैठकमा सरकारमा सहभागी हुने समयमा भएको सम्झौता, बजेटमा भएको त्रुटि सुधार, प्रदेश सरकारले गरेको नियुक्तिको विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले बताए ।
बैठकमा सत्तागठबन्धनमा रहेको ४ दलबीच छलफलै नगरी मुख्यमन्त्रीले एकलौटी निर्णय गर्दै आएकोमा दलहरुले आपत्ति जनाएका थिए ।