Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

५६ वर्षसम्म जेलमा बसेपछि निर्दोष साबित





टोकियो ।

जापानको एउटा अदालतले ५६ वर्षदेखि जेलमा रहेको व्यक्तिलाई निर्दोष ठहर गरेको छ । सन् १९६८ मा आफ्नो हाकिम, उनको श्रीमती र दुई किशोर सन्तान मारेको आरोपमा दोषी करार दिँदै इवाओ हाकामातालाई मृत्युदन्डको सजायमा जेलमा राखिएको थियो ।

तर यस मामिलामा संलग्न अनुसन्धानकर्ताहरूले उनी विरुद्धका प्रमाणहरू सृजना गरेको हुन सक्ने आशंकामा हालै भएको रिट्रायलमा हाल ८८ वर्ष पुगेका हाकामादालाई निर्दोष ठहर गरिएको छ ।

हाकामाता निर्दोष भएर पनि जापानमा सबैभन्दा लामो समयसम्म जेलमा बिताउने बन्दीमध्ये एक हुन् । उनको यस मामिलाप्रति चौतर्फी ध्यानाकर्षण भएको छ । बिहीबार शिजुखोकाको अदालतमा उनको सुनवाई भइरहँदा अदालतको कक्षभित्र मान्टेको भीड थियो ।

मानसिक स्वास्थ्य बिग्रिदैं गइरहेकोले हाकामादा यो सुनवाईका समयमा अदालतमा थिएनन् । सन् २०१४ यता उनी आफ्नो बहिनीको हेरचाहमा छन् । सोही वर्ष उनलाई जेलबाट रिहा गरेर हत्या मुद्दा पुनः चलाउने अनुमति दिइएको थियो । हाकामादा पूर्व पेशेवर बक्सर हुन् ।

रगत लागेको एउटा सुरुवालकै भरमा हत्या गरेको भनेर जर्बजस्ती स्वीकार्न लगाएर उनलाई फसाइएको थियो । मिसोमा एक वर्षसम्म डुबाएर राखेको भए सुरुवालमा रगतको टाटो रातो हुँदैन थ्यो भनेर शिजुओका जिल्ला अदालतका न्यायाधीस कुनी सुनेइशीले भनेका छन् ।

हत्या भएको निकै समयपछि उनी विरुद्धको प्रमाण उत्पन्न गराइएको न्यायधीशले भनेका छन् । यस मामिलामा संलग्न अधिकारीहरुले नै प्रमाणको रुपमा रगत लागेको सुरुवाल लुकाएर राखिदिएको पनि सुनेइशीको भनाइ छ । त्यसैले हाकामातालाई अपराधी मान्न नसकिने उनको ठहर थियो ।

हाकामाताले सन् १९६१ मा बक्सिङ छाडेर शिजुओकाकै एउटा भट्मास प्रशोधन गर्ने कारखानामा काम थालेका थिए। तर पाँच वर्ष पछि को जुनमा हाकामाताको हाकिम, उनकी श्रीमति र दुई सन्तानको लास चक्कु हानेर मारिएको अवस्थामा भेटियो । सो घटनामा प्रहरीले हाकामातालाई मुख्य संदिग्ध बनायो ।

कयौं दिनसम्म केरकारपछि हाकामाताले आफू विरुद्धको आरोप स्वीकार गरे । तर पछि भने आफूलाई मारपिट र धम्क्याएर सो आरोप स्वीकार्न लगाएको उनले बताएका थिए ।