Breaking 
मोडेल खबरमा रमण पाण्डेय, उहाँले भन्नुभयो – गंगासागरको पूर्वतर्फ घाटमा स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माण हुन्छ हुन्छ हुन्छ | राराबमा लगाइएको ताला खोलियो, आंशिक शिक्षकहरुको तलब भुक्तानी सम्बन्धि प्रकृया क्याम्पस प्रशासनले अगाडी बढाए | वैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने राप्रपाको निर्णय | सातवटै प्रदेशका उपसभामुखहरुको ३ दिवसीय सम्मेलन धनुषाको लालगढमा शुरु | शिक्षकहरुको आन्दोलन नरोकिए कक्षा १२को परीक्षा रोकिने सम्भावना | रास्वपाको सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले किन दिइन् राजिनामा | भूगर्भविदहरुको चेतावनी– भारत विनाशकारी भूकम्पको संघारमा छ | सुनको मूल्य एकै दिन ३६ सयले बढ्यो, १ लाख ९० हजारमाथि पुग्यो मूल्य | कुवेतसंगको पराजयपछि नेपाल आइसीसी बरियतामा १ स्थान खस्कियो | कि ई सरकार संकटमे अछि ? |

सभापति लामिछाने पक्राउ पर्ने चर्चाका बिच रास्वपाले बोलायो केन्द्रिय समितिको बैठक





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहानको ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
बैठकमा छलफलका लागि ६ एजेण्डा तय भएको छ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, चीन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचनबारे, महाधिवेशन केन्द्रित गतिविधि र विविध विषयमा छलफल हुने उनले बताए ।
पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणको विषयलाई लिएर पक्राउ तयारी भएको चर्चापछि रास्वपामा तरंग पैदा भएको छ । सभापति लामिछाने पक्राउ पर्ने चर्चापछि चीन भ्रमणमा गएका नेताहरू पनि छोट्याएर फर्किएका छन् ।
सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको संसदीय समितिले ठहर गरेपछि राजनीतिक प्रतिशोध राखेर आफूलाई पक्राउ गर्न खोजिएको लामिछानेको आरोप छ ।