Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

हिजबुल्लाहबिरुद्ध सम्पूर्ण शक्ति लगाउन इजरायली प्रधानमन्त्री नेतान्याहुको निर्देशन





एजेन्सी ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सेनालाई हिजबुल्लाहविरुद्ध पूर्ण शक्तिका साथ आक्रमण गर्न आग्रह गरेका छन् । अमेरिकालगायत इजरायलनजिकका अन्य देशले युद्धविरामका लागि अनुरोध गरिरहेका बेला इजरायली प्रधानमन्त्री नेतान्याहुले अझ युद्ध चर्काउने कुरा गरेका हुन् ।
लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ९२ जनाको ज्यान गएको जनाएको छ । लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एउटा भवनमा भएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरुर पनि मारिएको हिजबुल्लाहले जनाएको छ ।
बुधबार अमेरिका, बेलायत र युरोपेली संघले तीन साताका लागि युद्धविराम गर्न अपिल गरेका थिए । तर इजरायलले यो प्रस्ताव अस्वीकार गरेको छ । न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहुले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म युद्ध नरोकिने बताएका छन् ।
नेतन्याहुले आफ्नो लक्ष्य गत वर्ष अक्टोबरमा हमासको आक्रमणका कारण देशको उत्तरी भागबाट विस्थापित नागरिकलाई सुरक्षित फिर्ता गर्नु भएको बताए ।