Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

युवकले चलाए श्रीमती र बुवामाथी गोली, श्रीमतीको मृत्यु बुवा घाइते





जनकपुरधाम ।
सर्लाहीको हरिपूर्वामा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गोली लागेर युवकको बुवा घाइते भएका छन् । साथीसँगै मोटरसाइकल चढेर आएका हरिपूर्वा नगरपालिका ५ का धीरेन्द्र यादवले श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् ।
सँगै आएका साथीले मोटरसाइकल रोकेर बाटोमा बसेको र धीरेन्द्रले घरभित्र प्रवेश गरी श्रीमती चित्रलेखालाई गोली प्रहार गरेका थिए । टाउकोमा दुई राउन्ड गोली प्रहार गरिएको र चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् । रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
गोली प्रहार गर्ने धीरेन्द्र साथीसँगै मोटरसाइकल चढेर फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले धीरेन्द्र र उनीसँगै मोटरसाइकलमा आएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए । उनका अनुसार घटनामा सानो हतियार प्रयोग भएको छ । प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ । हतियार भने फेला नपरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
प्रहरीका अनुसार श्रीमती र बुवालाई गोली प्रहार गर्ने धीरेन्द्र एक महिनाअघि वैदेशिक रोगजारीबाट घर फर्किएका थिए । घरायसी विवाद भएपछि उनी घरबाट बाहिर बस्दै आएका थिए । प्रहरी नायब उपरीक्षक श्रेष्ठले घरायसी विवादका कारण घटना घटेको जानकारी दिए ।