Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न दूतावासको आग्रह





एजेन्सी ।
लेबनानमा इजरायलले हिजबुल्लाहका गढहरूमाथि निशाना बनाएर धमाधम हवाई हमला गरिरहेको छ । स्थिति अनियन्त्रित बन्दै गएपछि बेलायत लगायत देशहरूले आफ्ना नागरिकका नाममा एड्भाइजरी जारी गरेका छन् ।
सोही क्रममा भारतीय दूतावासले पनि आफ्ना नागरिकका नाममा एड्भाइजरी जारी गरेको छ । एडभाइजरीमा दूतावासले भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न सल्लाह दिएको छ । साथै त्यहाँ बसोबास गरिरहेका भारतीयहरूलाई पनि घरबाहिर ननिस्कन भनिएको छ ।
‘अगस्ट १ मा जारी गरिएको एड्भाइजरीलाई जारी राख्दै र यस क्षेत्रमा हालै भएका घटनाहरूपछि बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अर्को आदेश नभएसम्म लेबनान यात्रा नगर्न सल्लाह दिइएको छ ।’
बेरुतस्थित भारतीय दूतावासले जारी गरेको एड्भाइजरीमा भनिएको छ । लेबनानमा बसोबास गर्ने भारतीयहरूले जतिसक्दो चाँडो त्यहाँबाट बाहिर निस्कने प्रयास गर्न पनि भनिएको छ । कुनै कारणले त्यहाँबाट बाहिरिन नसक्नेहरूले आफ्नो यात्रा सीमित गर्न र बेरुतस्थित भारतीय दूतावासमा सम्पर्कमा राख्न भनिएको छ ।