Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न दूतावासको आग्रह





एजेन्सी ।
लेबनानमा इजरायलले हिजबुल्लाहका गढहरूमाथि निशाना बनाएर धमाधम हवाई हमला गरिरहेको छ । स्थिति अनियन्त्रित बन्दै गएपछि बेलायत लगायत देशहरूले आफ्ना नागरिकका नाममा एड्भाइजरी जारी गरेका छन् ।
सोही क्रममा भारतीय दूतावासले पनि आफ्ना नागरिकका नाममा एड्भाइजरी जारी गरेको छ । एडभाइजरीमा दूतावासले भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न सल्लाह दिएको छ । साथै त्यहाँ बसोबास गरिरहेका भारतीयहरूलाई पनि घरबाहिर ननिस्कन भनिएको छ ।
‘अगस्ट १ मा जारी गरिएको एड्भाइजरीलाई जारी राख्दै र यस क्षेत्रमा हालै भएका घटनाहरूपछि बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अर्को आदेश नभएसम्म लेबनान यात्रा नगर्न सल्लाह दिइएको छ ।’
बेरुतस्थित भारतीय दूतावासले जारी गरेको एड्भाइजरीमा भनिएको छ । लेबनानमा बसोबास गर्ने भारतीयहरूले जतिसक्दो चाँडो त्यहाँबाट बाहिर निस्कने प्रयास गर्न पनि भनिएको छ । कुनै कारणले त्यहाँबाट बाहिरिन नसक्नेहरूले आफ्नो यात्रा सीमित गर्न र बेरुतस्थित भारतीय दूतावासमा सम्पर्कमा राख्न भनिएको छ ।