Breaking 
उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर |

नेपाल रेल्वेलाई मुनाफामा पुर्याउने योजना ल्याउँदैछौँः मन्त्री दाहाल





जनकपुरधाम ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल रेल्वेलाई मुनाफामा पुर्याउनका लागि नेपाल सरकारले विभिन्न योजनाहरु ल्याउन लागेको जानकारी दिएका छन् ।
घाटामै नेपाल रेल्वे संचालनमा रहँदै आएको समयमा मन्त्री दाहालले नेपाल रेल्वेलाई मुनाफामा लान नेपाल सरकार गम्भिर रहेको दावी गरे । विभिन्न स्थानमा वाशिंग सेन्टर निर्माणको प्रकृया अगाडी बढाइएको छ, उनले भने ‘वाशिंग सेन्टर निर्माणसंगै केही हदसम्म घाटामा कमी आउँछ, आउने दिनमा कार्गो रेल सेवा समेत संचालन गर्ने हाम्रो तयारी छ ।’
निर्माण भएका तथा निर्माणाधिन सडक सञ्जालका साथै नेपाल रेल्वेको निरिक्षणकालागि जनकपुरधाम आई पुगेका मन्त्री दाहालले जनकपुरधाम–अयोध्या रेल यातायात संचालनको प्रकृया अन्तिम चरणमा रहेको र चाँडै संचालनमा आउने जानकारी दिए ।
यसका सउाथै उनले नेपालको ‘ड्रिम प्रोजेक्ट’ रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने प्रयास भइरहेको स्पष्ट पारे । जयनगर–जनकपुर हुँदै बिजलपुरा आउने रेललाई बर्दिबाससम्म ल्याउने पहल भइरहेको उनको भनाई थियो । मन्त्री दाहालले मुआब्जा विवादका कारण बर्दिवाससम्म रेल सेवा संचालनमा ढिलाई भईरहेको स्वीकार गरे ।