Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाल रेल्वेलाई मुनाफामा पुर्याउने योजना ल्याउँदैछौँः मन्त्री दाहाल





जनकपुरधाम ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल रेल्वेलाई मुनाफामा पुर्याउनका लागि नेपाल सरकारले विभिन्न योजनाहरु ल्याउन लागेको जानकारी दिएका छन् ।
घाटामै नेपाल रेल्वे संचालनमा रहँदै आएको समयमा मन्त्री दाहालले नेपाल रेल्वेलाई मुनाफामा लान नेपाल सरकार गम्भिर रहेको दावी गरे । विभिन्न स्थानमा वाशिंग सेन्टर निर्माणको प्रकृया अगाडी बढाइएको छ, उनले भने ‘वाशिंग सेन्टर निर्माणसंगै केही हदसम्म घाटामा कमी आउँछ, आउने दिनमा कार्गो रेल सेवा समेत संचालन गर्ने हाम्रो तयारी छ ।’
निर्माण भएका तथा निर्माणाधिन सडक सञ्जालका साथै नेपाल रेल्वेको निरिक्षणकालागि जनकपुरधाम आई पुगेका मन्त्री दाहालले जनकपुरधाम–अयोध्या रेल यातायात संचालनको प्रकृया अन्तिम चरणमा रहेको र चाँडै संचालनमा आउने जानकारी दिए ।
यसका सउाथै उनले नेपालको ‘ड्रिम प्रोजेक्ट’ रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने प्रयास भइरहेको स्पष्ट पारे । जयनगर–जनकपुर हुँदै बिजलपुरा आउने रेललाई बर्दिबाससम्म ल्याउने पहल भइरहेको उनको भनाई थियो । मन्त्री दाहालले मुआब्जा विवादका कारण बर्दिवाससम्म रेल सेवा संचालनमा ढिलाई भईरहेको स्वीकार गरे ।