Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लेबनानमै घुसेर आक्रमण गर्ने इजरायली सेनाको तयारी





एजेन्सी ।
इजरायली सेना लेबनानमा प्रवेश गरेर आक्रमण गर्ने सम्भावना बढेको छ । बीबीसी लन्डनका अनुसार इजरायली सेना प्रमुखले त्यस्तो संकेत गरेका हुन् ।
उनले आफ्ना सैनिकहरूलाई भनेका छन्– हिजबुल्लाहविरुद्धको हवाई आक्रमणले शत्रुको क्षेत्रमा प्रवेश गर्ने बाटो खोल्न सक्छ ।
लेफ्टिनेन्ट जनरल हजरी हेलेवीले अगाडि भनेका छन्– दिनभर हमला गरिरह्यौँ । यसको उद्देश्य लेबनानमा प्रवेशको लागि सम्भावित बाटो खोल्नु र हिजबुल्लाहलाई लक्ष्य गर्नु हो ।
लेबनानका स्वास्थ्यमन्त्रीले सेप्टेम्बर २५ मा भएको हवाई हमलामा ५० जनाको मृत्यु भएको बताएका छन् । इजरायलका अनुसार यी आक्रमणमा हिजबुल्लाहको गुप्तचर निकाय, लन्चर र हतियार भण्डारण स्थललाई निशाना बनाइएको थियो ।
यो बढ्दो द्वन्द्व रोक्न कूटनीतिक तहमा पहल भइरहेको छ । फ्रान्स र अमेरिकाले २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । अमेरिका, युरोपेली संघ र बेलायतजस्ता सहयोगी राष्ट्रहरूले लेबनान र हिजबुल्लाहबीच अस्थायी युद्धविराम कार्यान्वयन गर्न माग गरेका छन् ।
यो संयुक्त विज्ञप्तिअनुसार युद्ध सहन नसकिने र यसले स्थिति बिग्रने छ, जसबाट इजरायल वा लेबनान दुवैलाई कुनै फाइदा हुने छैन ।