Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रामगोपालपुर २का वडाध्यक्षको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ





जनकपुरधाम ।
महोत्तरीको रामगोपालपुरका वडाध्यक्षको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बर्दिबासबाट रामगोपालपुरतर्फ मोटरसाइकलमा आउने क्रममा गत भदौ ९ गते रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेश यादवको रहष्यमय अवस्थामा शव फेला परेको थियो ।
उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले औरही नगरपालिका –७ भोइल टिमकियाका संजिव झा र दिलिप मण्डललाई पक्राउ गरेको हो । वडाध्यक्ष यादवको रहस्यमय मृत्युमा संलग्न दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । वडाध्यक्ष यादवको मृत्युबारे सीआइबीले समेत अनुसन्धान गरिरहेको छ ।