Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

रामगोपालपुर २का वडाध्यक्षको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ





जनकपुरधाम ।
महोत्तरीको रामगोपालपुरका वडाध्यक्षको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बर्दिबासबाट रामगोपालपुरतर्फ मोटरसाइकलमा आउने क्रममा गत भदौ ९ गते रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेश यादवको रहष्यमय अवस्थामा शव फेला परेको थियो ।
उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले औरही नगरपालिका –७ भोइल टिमकियाका संजिव झा र दिलिप मण्डललाई पक्राउ गरेको हो । वडाध्यक्ष यादवको रहस्यमय मृत्युमा संलग्न दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । वडाध्यक्ष यादवको मृत्युबारे सीआइबीले समेत अनुसन्धान गरिरहेको छ ।