जनकपुरधाम ।
बुधबार बिहान मधेसका मुख्यमन्त्रीले प्रदेश सरकारले सय दिनको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । प्रदेशको मुख्यमयन्त्री कार्यालयले प्रगति विवरण सार्वजनिक गर्नुका साथै विभिन्न मन्त्रालयका प्रगति विवरण समेत सार्वजनिक गरिएको हो ।
मधेसको भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा पक्की सडक सञ्जाल योजना, जनता आवास कार्याक्रम तथा महेन्द्रनारायण निधि आवास कार्यक्रम, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लगायतका कार्यक्रमहरु समेटिएको छ ।
मन्त्रालयले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत विश्व बैैँकको सहयोगमा धनुषाको हँसपुर नगरपालिका र महोत्तरीको सोनमा गाउँपालिकालाई पक्की सडक सञ्जालसँग जोड्न २५ किलोमिटर प्रादेशिक कालोपत्रे सडकका लागि बोलपत्र आह्वान, “विपन्न सँग मदन भण्डारी विपन्न आवास कार्यक्रम, कार्यान्वयन कार्यविधि, २०८१“ को मस्यौदा तयार, प्र्रादेशिक सडक सञ्जाल गुरुयोजना तयार लगायतका कार्यक्रमहरु समेटिएको हो ।