Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रगति विवरण





जनकपुरधाम ।
बुधबार बिहान मधेसका मुख्यमन्त्रीले प्रदेश सरकारले सय दिनको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । प्रदेशको मुख्यमयन्त्री कार्यालयले प्रगति विवरण सार्वजनिक गर्नुका साथै विभिन्न मन्त्रालयका प्रगति विवरण समेत सार्वजनिक गरिएको हो ।
मधेसको भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा पक्की सडक सञ्जाल योजना, जनता आवास कार्याक्रम तथा महेन्द्रनारायण निधि आवास कार्यक्रम, एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लगायतका कार्यक्रमहरु समेटिएको छ ।
मन्त्रालयले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत विश्व बैैँकको सहयोगमा धनुषाको हँसपुर नगरपालिका र महोत्तरीको सोनमा गाउँपालिकालाई पक्की सडक सञ्जालसँग जोड्न २५ किलोमिटर प्रादेशिक कालोपत्रे सडकका लागि बोलपत्र आह्वान, “विपन्न सँग मदन भण्डारी विपन्न आवास कार्यक्रम, कार्यान्वयन कार्यविधि, २०८१“ को मस्यौदा तयार, प्र्रादेशिक सडक सञ्जाल गुरुयोजना तयार लगायतका कार्यक्रमहरु समेटिएको हो ।