Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको योजना मात्रै, काम शुन्य





जनकपुरधाम ।
मधेस सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको समेत सय दिनको प्रगति विवरण सार्वजनिक गरिएको छ । उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको प्रगति विवरणमा प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी विद्येयक, २०८०लाई स्वीकृतिकालागि मन्त्रिपरिषद्मा पठाइनु, प्रदेशस्तरीय बजार अनुगमन निर्देशिका निर्माणकालागि समिति गठन, राजश्व बृद्धिको प्रयासलाई प्रगति विवरणमा समेटिएको हो ।
यसका अतिरिक्त सो मन्त्रालयले छ वटा घुम्ती शौचालय खरिद गरी २ वटा हनुमाननगर नगरपालिका, २वटा बर्दिवास नगरपालिका र एउटा महागढीमाई नगरपालिकामा पठाइएको, जनयुद्ध संग्राहलय, शहिद संग्राहलय निर्माणका योेजनालाई समेत प्रगति विवरण समावेश गरिएको हो ।