Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

श्रीलंकामा संसद विघटन, नोभेम्बर १४मा चुनाव





एजेन्सी ।
श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका छन् । साथै उनले संसदीय निर्वाचनका मिति समेत तोकेका छन् ।
शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । तर २२५ सदस्यीय संसदमा उनको दल नेशनल पिपुल्स पावर (एनपीपी)का तीन जना मात्र सांसद थिए ।
राष्ट्रपति दिशानायकेले मंगलबार आफ्नो दलका सांसद डा. हरिनी अमरासूर्यलाई प्रधानमन्त्री र विपथा हेराथ मन्त्री बनेका छन् । लगत्तै मंगलबार मध्यरातबाट लागू हुने गरी उनले संसद भंग गरेका हुन् । श्रीलंकाको संविधानले राष्ट्रपतिलाई त्यो अधिकार दिएको छ ।
साथै १४ नोभेम्बर २०२४ मा संसदका लागि निर्वाचन हुनेछ । ४ अक्टोबरबाट उम्मेदवारी दर्ता हुनेछ ।
निर्वाचनबाट आउने नयाँ संसदको पहिलो बैठक २१ नोभेम्बर २०२४ मा बस्ने तय भएको छ ।