Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मुख्यमन्त्री सिंहको कुर्सीमा फोहोर देखिएपछि…





जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आफनो एक सय दिनको कामको विवरण सार्वजनिक गर्न एउटा होटेलमा पुगेपछि उहाँको कुर्सीमै फोहोर जस्तो देखिएको थियो । जनकपुरधाम ४ को चिल्ड्रेन पार्क नजिक रहेको मसाला कटेज होटेलमा फोहोर देखेपछि उहाँले कुर्सीमा बस्न मान्नु भएन । पछि होटेलका कर्मचारीले कुर्सी सफा गरे अनि मात्रै उहाँ कुर्सीमा बस्नुभयो ।
कुर्सी सफामा समय लागेसम्म मुख्यमन्त्री उभ्नु भएको थियो ।
जनकपुरधामका होटेलहरु अतिथि सत्कारमा गम्भीर नरहेको वारा र पर्साका सांसदले संसदमा आवाज उठाएपछि यहाँका होटेल सञ्चालकहरुले चर्को विरोध गरेका थिए । तर आज सत्कारमा गम्भीरता नदेखाएका कारण मुख्यमन्त्री जस्तो व्यक्तिलाई कुर्सीमा बस्न केही समय उभ्नु पर्यो ।