मुख्यमन्त्री सिंहको कुर्सीमा फोहोर देखिएपछि…





जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आफनो एक सय दिनको कामको विवरण सार्वजनिक गर्न एउटा होटेलमा पुगेपछि उहाँको कुर्सीमै फोहोर जस्तो देखिएको थियो । जनकपुरधाम ४ को चिल्ड्रेन पार्क नजिक रहेको मसाला कटेज होटेलमा फोहोर देखेपछि उहाँले कुर्सीमा बस्न मान्नु भएन । पछि होटेलका कर्मचारीले कुर्सी सफा गरे अनि मात्रै उहाँ कुर्सीमा बस्नुभयो ।
कुर्सी सफामा समय लागेसम्म मुख्यमन्त्री उभ्नु भएको थियो ।
जनकपुरधामका होटेलहरु अतिथि सत्कारमा गम्भीर नरहेको वारा र पर्साका सांसदले संसदमा आवाज उठाएपछि यहाँका होटेल सञ्चालकहरुले चर्को विरोध गरेका थिए । तर आज सत्कारमा गम्भीरता नदेखाएका कारण मुख्यमन्त्री जस्तो व्यक्तिलाई कुर्सीमा बस्न केही समय उभ्नु पर्यो ।