Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

देशभर भारी वर्षाको सम्भावना, तत्काल धान नकाट्न आग्रह





काठमाडौँ ।
मनसुन सक्रिय भएकाले अबको चार दिन देशभर अति भारीसम्म वर्षाको सम्भावना रहेकाले सचेत रह्न मौसम विभागले अनुरोध गरेको छ । मौसम विभागका अनुसार बाली भित्र्याउने समय भए पनि तत्कालै खेतबारीमा प्रवेश गर्ने अवस्था नरहेकाले सचेतता अपनाउन अनुरोध गरिएको छ ।
मौसमविद् रोजन लामिछानेले अब कम्तिमा पनि चार दिन देशैभर वर्षा हुने भएकाले सचेत रहन अनुरोध गरे । मौसमविद्हरुले बंगालको खाडीबाट वर्षा गराउने वायू नेपालतर्फ प्रवेश गरेकाले मनसुन सक्रिय भएको बताएका छन् । यसले देशभर वर्षाको सम्भावना रहेको छ ।
“बिहीबार बेलुकादेखि शनिबारसम्म देशभर राम्रै वर्षा हुने सम्भावना छ,” लामिछानेले भने, “देशव्यापीरुपमा थोरै, भारी वर्षादेखि अति भारीसम्म पनि वर्षाको सम्भावना छ । बिहीबार रातिदेखि, शुक्रबार र शनिबारसम्मै यो सम्भावना बढी छ । आइतबारदेखि मात्रै विस्तारै सुधार हुन सक्ने सम्भावना छ ।”
बाढी पहिरोको जोखिम उत्तिकै रहेको र कृषि क्षेत्रलाई धेरै असर गर्ने देखिएको उनले बताए ।
“बदली र वर्षाको सम्भावना धेरै देखिन्छ । पश्चिमतिरबाट सुधार हुने देखिन्छ,” उनले भने, “धान भित्रयाउने बेला भएको छ । अहिले खेतमा प्रवेश गर्ने समय होइन ।”
विगतका वर्षहरुको तुलना गर्दा अक्टोबरको दोस्रो सातासम्म बाहिरिन्छ कि भन्ने अनुमान गरिए पनि त्यो सम्भावना नदेखिएको मौसमविदहरुको टिप्पणी छ । यसैबीच पश्चिम क्षेत्रका कतिपय स्थानमा वर्षा सुरु भइसकेको हुँदा स्थानीय तहले खेतमा प्रवेश नगर्न र धान भित्रयाउने कार्यमा नलाग्न अनुरोध गर्दै आएका छन् ।