जनकपुरधाम ।
सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिको कामनासहित मनाइने जितिया पर्व अन्तर्गत आज पारन गर्दै समापन हुनेछ । मंगलबार बिहान ४ बजेदेखि बुधबार दिनभरि उपवास बसेर आज साँझ ५ बजेर २० मिनेटमा पारन गर्दै व्रतालु महिलाहरुले जितिया पर्वको समापन गर्नेछन् ।
मिथिलाञ्चलमा पितराइन खुवाएर शुरु भएको जितिया पर्व अन्तर्गत मंगलबार बिहानैदेखि महिलाहरुले निर्जल व्रतको आरम्भ गरेका थिए । यसअघि व्रत गरेकी श्रद्धालु महिलाहरुले मंगलबार बिहान सूर्योदय हुन अगावै ओँगठन समेत गरेका थिए । ओंगठनमा अँकुरी, चुरा, दही तथा अमोट प्रसादको रुपमा ग्रहण गर्ने परम्परा रहेको छ ।