Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जितियाको पारन आज बेलुका ५ बजेर २० मिनेटमा हुने





जनकपुरधाम ।
सन्तानको दीर्घायु तथा पारिवारिक सुख शान्तिको कामनासहित मनाइने जितिया पर्व अन्तर्गत आज पारन गर्दै समापन हुनेछ । मंगलबार बिहान ४ बजेदेखि बुधबार दिनभरि उपवास बसेर आज साँझ ५ बजेर २० मिनेटमा पारन गर्दै व्रतालु महिलाहरुले जितिया पर्वको समापन गर्नेछन् ।
मिथिलाञ्चलमा पितराइन खुवाएर शुरु भएको जितिया पर्व अन्तर्गत मंगलबार बिहानैदेखि महिलाहरुले निर्जल व्रतको आरम्भ गरेका थिए । यसअघि व्रत गरेकी श्रद्धालु महिलाहरुले मंगलबार बिहान सूर्योदय हुन अगावै ओँगठन समेत गरेका थिए । ओंगठनमा अँकुरी, चुरा, दही तथा अमोट प्रसादको रुपमा ग्रहण गर्ने परम्परा रहेको छ ।