Breaking 
मधेस कृषि विश्वविद्यालयको पठनपाठन बाहेकका सम्पूर्ण कार्यक्रम बन्द | बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने |

सुनको मूल्य निरन्तर बढ्दैछ किन ?

तोलामा १ लाख ६० हजारबढी नाघ्यो





काठमाडौं ।
सुनको मूल्यले केही दिनदेखि नै नयाँ रेकर्ड बनाउँदै बढिरहेको छ । बुधबार पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ रहेको सुन १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ ।
यतिबेला सुनको भाउ अन्तर्राष्ट्रिय बजारमै उच्च दरले बढेपछि नेपालमा प्रभाव परेको हो । ‘दशैं, तिहार वा यहाँका अरु चाडपर्वसँग सुनको कुनै सम्बन्ध हुँदैन, अन्तर्राष्ट्रिय बजारमै भाउ बढेपछि यहाँ बढेको हो’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।
अन्तर्राष्ट्रिय बजारमा भने यतिबेला मूल्य बढ्नुको मुख्य कारण अमेरिकाको घट्दो ब्याजदरले माग बढाउनु हो । सुनको भाउ बढ्नुमा बारम्बार एकपछि अर्को अन्तर्राष्ट्रिय कारण निम्तिरहेको शाक्य बताउँछन् । युक्रेनमाथि रुसको हमला र त्यसपछिको अन्तर्राष्ट्रिय द्वन्द्व, इरान र इजरायल द्वन्द्व, अमेरिका सहित विश्वका धेरै देशको अर्थतन्त्र शिथिल हुनु लगायत कारण सुनको भाउ बढ्दै गयो ।
‘अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्व बढ्दा सुनको मूल्य बढ्दै गयो, ती द्वन्द्व अहिले पनि कायमै छन्,’ शाक्यले भने, ‘त्यसमा पनि विश्वका केन्द्रीय बैंकहरूले सुन भण्डारण बढाए, अहिले अमेरिकाले ब्याजदर घटाउँदा फेरि लगानी पनि सुनतिरै मोडियो ।’
अमेरिकी केन्द्रीय बैंकले हालै ब्याजदर ०.५० प्रतिशत बिन्दुले घटायो । ब्याजदर घटाउँदा नै बैंक अध्यक्ष जेरोम एच पावेलले मूल्यवृद्धिमा थप चाप नदेखिए ब्याजदर अरू थप घट्ने आशय जनाए । यही कारण डिसेम्बरसम्म थप ब्याजदर घट्ने चर्चा चलेको छ । ब्याजदर घट्दा सुनसँगै, स्टक मार्केट समेत बढ्न जान्छ ।